१ सय ६० जना सवार नेपाल एअरलाइन्सको विमान दिल्लीमा आपतकालिन अवतरण

काठमाडौं,२७ भदौ ।

नेपाल एअरलाइन्सको एउटा विमान भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ ।

आइतबार राति दिल्लीबाट काठमाडौंका लागि उडेको विमान करिब २५ मिनेटपछि दिल्लीमै आपतकालिन अवतरण गराइएको हो ।

आरए –२१८ विमानमा प्राविधिक समस्या देखिएपछि दिल्ली फर्काइएको स्रोतले जनाएको छ । विमानमा १ सय ६० जना सवार थिए ।

सकुशल आपतकालिन अवतरण भएको र कुनै मानवीय क्षति नभएको विमानस्थलका अधिकारीहरुलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाएका छन् ।

विमानको पखेँटाले काम नगरेपछि उडान भरेको २५ मिनेटमै इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको रनवे–२८ मा सो विमानलाई अवतरण गराइएको हो । उक्त विमान अवतरणपछि सो रनवे बन्द गरिएको थियो ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...