झलनाथ खनाल भन्छन् - तोकिएकै समयमा स्थानीय निर्वाचन हुनुपर्छ
इलाम, २८ भदौ ।
पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले तोकिएकै समयमा स्थानीय निकायको निर्वाचन हुनुपर्नेमा जोड दिएका छन्।
इलामको सूर्याेदय नगरपालिकाको फिक्कलमा आज बिहान आयोजित कार्यकर्ता भेलामा नेता खनालले आगामी माघ ७ गतेसम्ममा स्थानीय निकायको निर्वाचन हुनुपर्ने बताउँदै निर्वाचन नभए देश सङ्कटतर्फ उन्मुख हुने धारणा राखे।
कार्यक्रममा उहाँले संविधान संशोधन तत्काल सम्भव हुन नसक्ने बताउनुभएको छ । “संविधान कार्यान्वयन चरणमा छ, कार्यान्वयन चरणमा रहेको संविधान संशोधन हुँदैन” – उनले भने ।
इलामको विकासका साथै समग्र देश विकासका लागि आर्थिक क्रान्ति सुरु भइसकेको उल्लेख गर्दै सुदूरपूर्व इलामबाट देश विकासको अभियान थाल्नुपर्ने उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्
Loading...