एपोलो अस्पातालको आईसीयुमै डाक्टरले गरे बिरामीलाई बलात्कार

काठमाडौं,२६ भदौ ।

भारतरमा यौन हिंसाका घटना घटिरहन्छन् । बालिका-बृद्धादेखि सामुहिक बलात्कार गरेको समाचार पटकपटक आइरहन्छन् । 


अझ सामुहिक बलात्कार गरी हत्या गर्ने त भारतको लागि सामान्य घटना भएपनि आईसीयुमा नै दुई जना डाक्टरहरुले एउटा महिला बलात्कार गरेको घटना भने नयाँ नै होला ।

भारतको एपोलो अस्पातालको आईसीयुमा उपचार गराईरहेकी एक २१ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जना डाक्टरलाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

डेंगु रोगकाे उपचार लागि अस्पताल पुगेकी ती महिलालाई अचेत बनाएर बलात्कार गरेको प्रहरीले बताएको छ । बलात्कारी चिकित्सकलाई कार्वाही गर्न प्रहरीलाई सहयोग गर्ने अस्पतालले जनाएको छ ।

उपचारकाे लागि नेपालका अस्ताल छाेडेर एपाेलाे पुग्ने नेपालीहरुले अस्पतालका चिकित्सककाे दानवीय व्यवहार भाेग्नु नपर्ला भन्न सकिन्न ।

भारत सरकारले बलात्करीलाई मृत्युदण्ड दिनेसम्मको कडा कानुन बनाए पनि बलात्कारको घटनामा घटेका छैनन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...