सरकारले मधेसका मुद्दालाई प्रमुख प्राथमिकता दिनुपर्छ : उपेन्द्र यादव
विराटनगर, २८ भदौ ।
सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारले मधेसका मुद्दालाई प्रमुख प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।
विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सरकारले अझैसम्म संविधान संशोधनमा चासो नदेखाएको र तीन बुँदे सहमति कार्यान्वयनमा ढिलाइ गरिरहेको गुनासो गरे ।
संविधान संशोधनका लागि संसद्मा प्रस्ताव दर्ता गरेर मात्र नपुग्ने बताउँदै उनले भने– “मधेसको मुद्दा सम्बोधन गरेर संविधानलाई सर्वस्वीकार्य बनाउन प्रमुख राजनीतिक दल मिल्नुपर्छ ।”
सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष यादवले सरकारलाई सङ्कटमा नपार्न आफूहरुले संविधान संशोधनका लागि समयसिमा नतोके पनि यस विषयमा सरकार गम्भीर नभएमा पुनःविचार गर्नुपर्ने अवस्था आउने उल्लेख गरे ।
उनले भारत भ्रमणलाई संविधान संशोधनसँग नजोड्न आग्रह गर्दै संविधान संशोधन नेपालको आन्तरिक मामिला भएको स्पष्ट पारे ।

प्रतिकृया दिनुहोस्
Loading...