एनबीआरले गर्यो रिहाव सेन्टरलाई सहयोग

काठमाडौं, २६ भदौ ।

सामाजिक सञ्जाल Nepalese Brothers Room (NBR) को पहिलो वार्षिकोत्सवको अवसरमा सहारा नेपाल रिहाव सेन्टर सितापाइलालाई सहयोग प्रदान गरेको छ ।

सक्नेको सहयोग नसक्नेलाई भन्ने उद्देश्यका साथ बन्धुत्वको भाव लिएर संगठित नेपालीहरुकोे यो संस्थाले आफ्नो गच्छे अनुसार बिभिन्न खाद्यान्न, खेलकूद तथा प्राथमिक उपचारका सामाग्रीका साथै नगद सहयोग गरेको छ । 

सहयोगको भावना लिएर सामाजिक सञ्जालको माध्यमबाट स्वस्फूर्त संगठित भएका युवाहरुको संस्थाले रिहाव सेन्टर सितापाइलालाई खाद्यान्नमा दाल चामल तरकारी लगायत अन्य सामाग्रीका साथै खेलकुदमा क्यारेमबोर्ड, लुडो र चेसका साथै अन्य भौतिक सामाग्री उपलब्ध गराएको संस्थाका सदस्य साकार कस्पालले बताए] ।

रियाव सेन्टरमा रहेको ३२ ब्यक्तिहरुले सामान्य सहयोग पाएपछि खुशि ब्यक्त गरेको संस्थाले जानकारी दिएको छ । उनलेभने, 'सहयोगको भाव लिएर गठन गरिएको यो सामाजिक सञ्जालमा झन्डै ३३ हजार भन्दा माथिको संख्या आबद्ध रहेको र सबैको भावना पनि सक्नेको सहयोग नसक्नेलाई रहको छ ।'

यस अघि पाल्पाका बाढी पहिरोमा परेकोहरुलाई समेत संस्थाले सक्दो सहयोग गरेको र संस्थाको उद्देश्य अशहाय र अशक्तका लागि समेत सक्दो सहयोग गरिरहेको उनले बताए ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...