विज्ञहरु भन्छन - इन्द्रजात्राको लिङ्गो ढल्नु अनिष्टको सङ्केत हो !
काठमाडौँ, २८ भदौ ।
यस वर्षको इन्द्रजात्राका लागि हनुमानढोकामा लिङ्गो उठाउने क्रममा लिङ्गो ढलेर आज दुईजना घाइते भएका छन् ।
नेपाली सेनाका हबल्दार भुमबहादुर गुरुङ र सिन्धुपाल्चोक स्थायी घर भई हाल चमती बस्ने पुष्प लामा गम्भीर घाइते हुनुभएको हो ।
नेपाली सेनाका हबल्दार भुमबहादुर गुरुङ र सिन्धुपाल्चोक स्थायी घर भई हाल चमती बस्ने पुष्प लामा गम्भीर घाइते हुनुभएको हो ।
हबल्दार गुरुङको खुट्टा भाँचिएर छाउनीस्थित सैनिक अस्पतालमा तथा लामाको वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बिहान शुभसाइतमा लिङ्गो उठाउन लाग्दा सो पल्टेर यस्तो घटना घटेको हो । सुरक्षाकर्मी तथा स्थानीयवासीको सहयोगमा लिङ्गो उठाउने प्रयास गरेका छन् ।
बिहान शुभसाइतमा लिङ्गो उठाउन लाग्दा सो पल्टेर यस्तो घटना घटेको हो । सुरक्षाकर्मी तथा स्थानीयवासीको सहयोगमा लिङ्गो उठाउने प्रयास गरेका छन् ।
यसैवीच धार्मिक विधिवत रुपमा पुजा आज गरि यसरि ठड्याइएको लिङ्गो ढल्नु अनिष्टको सङ्केत भएको धार्मिक विज्ञहरुले भनाइ छ । यसअघि गत ७१ सालमा पनि यसै प्रकार इन्द्रजात्राका लागि ठड्याइएको लिङ्गो ढल्दा देशमा राजनीतिक उथलपुथल सिर्जना भएको उनीहरुको भनाई छ ।
तस्वीर - बुद्धशरण शाही
तस्वीर - बुद्धशरण शाही
प्रतिकृया दिनुहोस्
Loading...