विद्युत प्राधिकरणको हदैसम्मको लापरवाहीः करेन्ट लागेर पाेलमै ज्यान गयो मजदुरको
कपिलवस्तु २५ भदौ ।
बिद्युत प्राधिकरणको हदैसम्मको लापरबाहीका कारण एक जना मजदुरको मृत्यु भएको छ। कपिलवस्तुको अभिरावमा करेन्ट लागेर एक कर्मचारीको मंगलबार मृत्यु भएको हो ।
लाइन मर्मत गर्न विद्युत पोलमा चढेका मजदुरलाई करेन्ट लाग्दा पकडी गाबिस– ६ सेमरौटीका ३५ बर्षे फुलचन्द्र पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मर्मतका बेला तौलिहवास्थित प्राधिकरणको सवस्टेशनमा विद्युत लाइन जोड्दा उच्च प्रवाहको करेन्ट लागेर पाण्डेको ज्यान गएको हो ।
लाइन काट्न आग्रह गरेपनि बिद्युत आपुर्ति गरिएकाले मर्मतकै क्रममा पोल चढेर मर्मत गरिरहेका पाण्डेलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर पाेलमै भुन्डिएका पान्डेलाई उद्धार गरेर उपचारका लागि भैरहवा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । शवलाई पोष्टर्मटमका लागि तौलिहवा अस्पताल लगिएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...