महेन्द्रनगर–देहरादुन बससेवा सञ्चालन हुने
कञ्चनपुर, २९ भदौ ।
कञ्चनपुरको महेन्द्रनगरमा रहेको महकाली सेती बस तथा मिनी बस व्यवसायी समितिले भारतको देहरादुनसम्म बससेवा सञ्चालनको तयारी प्रक्रिया अगाडि बढाएको छ ।
महाकाली सेती बस तथा मिनी बस व्यवसायी समिति र भारतको उत्तराखण्ड परिवहन निगमबीच महेन्द्रनगरदेखि देहरादुनसम्म बससेवा सञ्चालन गर्ने सम्झौता गरिएको छ । सम्झौतापछि दुवै देशका बस व्यवसायी समितिले सेवा सञ्चालनका लागि आ–आफना देशका सम्बन्धित निकायसँग अनुमतिका लागि प्रक्रिया अगाडि बढाएका छन् ।

“दुई महिनाभित्रै बससेवा सञ्चालनका लागि प्रक्रिया अगाडि बढाएका छौँ”, महाकाली सेती बस तथा मिनी बस व्यवसायी समितिका अध्यक्ष नवीन भट्टले भने ।
दैनिक दुवै बस व्यवसायीका एक÷एकवटा बस महेन्द्रनगर —देहरादुन रुटमा सञ्चालन हुने गरी सम्झौता गरिएको उनले बताए । महेन्द्रनगरबाट यात्रुले सिधै देहरादुनसम्मको बस यात्रा गर्न पाउने भएकाले सहज हुने बस व्यवसायीको भनाइ छ । समितिले एक वर्षअघि देखि महेन्द्रनगर—नयाँ दिल्ली मैत्री बससेवा सञ्चालन गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्
Loading...