विश्व र्‍याफ्टिङ च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई प्रवासीको आर्थिक सहयोग 

काठमाडौं, २ भदौ ।

युएईको अलऐनमा हुने विश्व र्‍याफ्टिङ च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई विभिन्न संघसंस्था तथा व्यक्तिले आर्थिक सहयोग गरेका छन् ।

आर्थिक अभावका कारण प्रतियोगितामा सहभागि हुनबाट बञ्चित हुन लागेको नेपाली टोलीले २ लाख ४८ हजार रुपैयाँ (८ हजार ५ सय दिहराम) सहयोग पाएको हो । नेपाली टोलीलाई अझै ६७ हजार रुपैयाँ आवश्यक पर्ने प्रतियोगी टंक थिङले बताए ।

एनआरएन युएईका प्रवक्ता बालकृष्ण मरासिनीका अनुसार एनआरएन युएईको पहलमा ५ हजार दिहराम बुझाइएको छ । सुनौलो नेपालले २ हजार, नवराज बस्नेतले १ हजार र मितेरी समाज अलऐनले ५ सय दिहराम सहयोग गरेको छ ।

यसअघि आर्थिक सहयोग गर्ने बचन दिएका वादी एड्भेन्चर अलऐन र नेपाल र्‍याफ्टिङ एण्ड कायाकिङ एसोसिएसनले अन्तिममा सहयोग नगर्ने जनाएपछि नेपाली टोली आर्थिक समस्यामा परेको थियो ।

प्रतियोगिता आउँदो अक्टोबर ३१ देखी नोभेम्बर ५ सम्म युएईको अलऐनमा हुदै छ । नेपालको तर्फबाट युएईमा कार्यरत टंक थिङ, राजेन्द्र श्रेष्ठ, रामकुमार श्रेष्ठ, रामशरण श्रेष्ठ र बिकास गुरुङले सहभागिता जनाउने छन । प्रतियोगीतामा नेपाल सहित ४५ देशले प्रतिस्पर्धा गर्नेछन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...