माओवादीको मसाल जुलुसमा प्रहरी हस्तक्षेप, पोखरामा ४ जना घाइते
दिया चन्द, काठमाडौँ २८ भदौ ।
नेकपा (माओवादी)ले आज देशैभरी मसाल जुलुस निकालेको छ । दैनिक उपभोग्य तथा खाद्य बस्तुमा भइरहेको मुल्य बृद्धि, कलोबजारी र भ्रष्टाचारको विरुद्ध माओवादीले देशभर मसाल जुलुस निकालेको हो ।
यस्तै माओवादीले पोखरामा निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ । माओवादीले निकालेको शान्तिपूर्ण जुलुस अमरसिह चोकमा पुगेपछि प्रहरीले हस्तक्षेप गरेको थियो, सोही क्रममा झडप हुँदा ४ जना माओवादी कार्यकर्ताहरु घाइते भएका छन् ।
घाइते हुनेहरुमा अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघ कास्की संयोजक रमेश श्रेष्ठ, अखिल नेपाल क्रान्तिकारी निर्माण मजदुर संघ कास्कीका उपाध्यक्ष सुरज गुरुङ्ग, नरेन्द्र मगर र अमृत सापकोटा रहेका छन।
घाइते मध्य श्रेष्ठको टाउको तथा गुरुङ्गको छातीमा गहिरो चोट लागेको र २ जनाको अबस्था सामान्य रहेको पोखराबाट पत्रकार आश गुरुङ्गले इमान्दार मिडियालाई जानकारी दिएका छन्।
गुरुङ्गका अनुसार घाइते दुवै जनाको अमरसिंह चोकस्थित पार्कल्याण्ड हस्पिटलमा उपचार भइरहेको छ ।
पछिल्लो समयमा नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा (माओवादी) ले देशमा जारी भष्ट्राचार, कालोबजारी, महँगी, दलाली र घुसखोरिका बिरुद्ध चरणबद्धरुपमा आन्दोलन गर्दै आइरहेको छ ।
प्रतिकृया दिनुहोस्
Loading...