बिबादै बिबादकाबीच प्रेस सेन्टर अध्यक्षमा महेश्वर दाहाल, असन्तुष्टहरु हलबाट बाहिरिए
दिया चन्द, काठमाडौ, १४ असोज ।
हालैको माओवादी धुर्बिकरणपछि बनेको माओवादी केन्द्र निकट पत्रकार संगठन प्रेस सेन्टर नेपालको अध्यक्षमा महेश्वर दाहाल घोषित भएका छन्।
दाहाल अध्यक्ष रहेको केन्द्रीय समिती ९९ सदस्यीय बनेको छ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दाहाललाई अध्यक्ष बनाउने प्रस्ताब राखेपछि असन्तुष्ट पक्षका प्रतिनिधिहरु होहल्ला गर्दै बन्दसत्रबाट बाहिरिएका थिए ।
दाहाल तत्कालीन नेकपा (माओवादी) निकट क्रान्तिकारी पत्रकार संघको संस्थापक अध्यक्षसमेत हुन् । युद्दकालमा अध्यक्ष रहेका दाहाललाई पार्टी अध्यक्ष दाहाले फेरी अध्यक्षमा प्रस्ताब गरेपछि विवाद बढेको थियो ।
पार्टी फुट्दा बैद्य पक्षमा लागेका महेश्वर दाहाललाई अध्यक्ष बनाउने प्रचण्ड योजना बुझेपछि माउ पार्टीमा रहेका धेरैले बिरोध जनाएको बुझिएको छ ।
सम्मेलनमा बलराम थापा, विष्णु सापकोटा, गोविन्द रोका, दीपक मैनाली, दिपेन्द्र रोकाया लगायतले अध्यक्षको दाबी गर्दै आएपछि मध्यमार्गी विकल्पको रुपमा दाहाललाई अघि सारिएको हो ।
९९ सदस्यीय नयाँ कार्य समितिमा निबर्तमान अध्यक्ष गोविन्द आचार्य र पूर्वमहासचिव ओम शर्मा पनि रहेका छन् ।
प्रतिकृया दिनुहोस्
Loading...