नयाँ पत्रकार आचारसंहिता जारी हेर्नुहोस पूर्ण (विवरण सहित)
काठमाडौँ ७ असोज ।
पत्रकारिता पेसालाई थप मर्यादित बनाउनका लागि प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासङ्घले संयुक्त रुपमा ‘पत्रकार आचारसंहिता, २०७३ जारी गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आज प्रेस काउन्सिल नेपालको ४७औँ वार्षिकोत्सवको अवसरमा काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्की र महासङ्घ अध्यक्ष डा महेन्द्र विष्टले संयुक्त रुपमा आचारसंहिता जारी गरे ।
नेपाल प्रेस काउन्सिलमा सूचीकृत हुने अनलाइन पत्रिकाहरुको संख्या ३७२ पुगेको छ । अब अनलाइन पत्रिकालाई समेट्ने गरी प्रेस काउन्सिलले नयाँ पत्रकार आचार संहिता(२०७३ जारी गरेका छन् ।
नयाँ आचार संहिता पुरानोभन्दा लामो आकारको छ । पत्रकार र सञ्चारमाध्यमको कर्तव्य अन्तरगत १५ वटा बुँदाहरु छन् । त्यस्तै पत्रकारले गर्न नहुने काम अन्तरगत पनि १५ बुँदा छन् ।
प्रतिकृया दिनुहोस्
Loading...