एउटा राजाको ६० श्रीमती, म्यानमारमा खाना खाने सुत्न भने भारतमा !

अहिलेको समयमा एउटा राजाको ६० श्रीमती। यदि तपाईले यो कुरा सुन्नुभयो भने पनी छक्क पर्नुहुन्छ। तर वास्तविकता यही हो । भारत-म्यानमार सीमा क्षेत्रमा कोन्याक जनजातिका मानिसहरु बस्दै आएका छन्।

यो जातिका राजाको नाम अंग नगोवाङग हो। यी राजाको नियममा रहेर त्यहाँ रहेको कुल ७५ गाउँका मानिसहरु आउने जाने गर्दछन्। उनीहरु उसैको घरको बाटो भएर भारतको सीमामा आउने जाने गर्दछन्।

यहाँ राजा खाना खान म्यानमार जाने गर्दछन्। तर सुत्‍नका लागि भने उनी भारत आउने गर्दछन्। त्यो पनि बिना फ्लाइट। यो क्षेत्र भने भारतको नागाल्याण्डस्थित लोगवा गाउँ नजिकै रहेको छ।

यो गाउँको आधा हिस्सा भारतमा पर्छ भने आधा म्यानमारमा। यहाँको मानिस बिना कुनै भिसा आवतजावत गर्ने गर्दछन्। यही प्रकारले राजाको परिवार खाना भने म्यानमारको भूभागमा खाने गर्दछन सुत्‍नको लागि भने भारतको सीमामा आउने गर्दछन्। राजाको परिवार पनि ठूलो रहेको छ। उनको ६० वटा श्रीमती रहेका छन् भने छोरा म्यानमारको आर्मीमा कार्यरत छन्।

भारत-म्यानमारको सीमामा भएकाले यहाँका मानिसहरुले भाग्यले दुवै देशको नागरिकता पाएका छन्। उनीहरुलाई म्यानमार जान भने न भिसाको आवश्यकता हुन्छ न पार्सपोर्टको। उनीहरु स्वतन्त्र रुपले भारत र म्यानमारमा आउने जाने गर्दछन्।

यो जातिका मानिसहरुलाई हेड हन्टर्सको नामले पनि चिनिने गरिन्छ। पहिले यी जातीले मानिसलाई मारेर उनीहरुको टाउको लैजाने गर्दथे। तर सन् १९६० को दशकपछि उनीहरुले हेड हन्टिङको काम गर्न छाडिदिए। तर उनीहरुको घरमा मानिसको खप्पर भने सजाएर राखेको देख्न सकिन्छ। एजेन्सीको सहयोगमा

, ,

प्रतिकृया दिनुहोस्

Loading...