कुकुर मन नपरेपछि बिहे रद्द !


केटा वा केटीले एक अर्कालाई मन नपराएका कारण बिहेका प्रस्ताव अस्वीकार हुने गरेको त सुनिएकै थियो तर कहिलेकाहीँ मान्छे मन पर्दापर्दै पनि कुकुर मन नपरेका कारण समेत बिहे नहुन सक्दो रहेछ ।

भारतको बैंगलोरमा भएको छ यस्तै । त्यहाँकी एक युवतीले आफ्नो कुकुर मन नपराएको भन्दै एक युवकसँगको बिहेको प्रस्ताव अस्वीकार गरेकी छिन् ।

करिश्मा बालिया नामकी ती युवतीले आफुले कुकुरकै कारण बिहे प्रस्ताव अस्वीकार गरेकी भनिएका एक युवकसँग व्हाट्सएपमा भएको कुराकानी मंगलबार फेसबुकमा पोष्ट गरेकी छिन् ।

उक्त फेसबुक पोष्टमा केटाकेटीबीच भएको कुराकानी छ । कुराकानीमा केटाचाहीँले केटीलाई उनको कुकुर छाड्न मनाउने कोसिस गरिरहेको छ । करिश्माका अनुसार ती युवकसँग आफ्नो मागी बिहेको प्रस्ताव आएको थियो ।

अन्य कुराकानीमा केटा ठीकै थियो । राम्रो कमाउथ्यो र जिउडाल पनि आकर्षक नै थियो तर जब करिश्माले बिहेपछि पनि आफुले आफ्नो कुकुर सँगै राख्न चाहेको बताइन् तब युवकले करिश्माको त्यस्तो इच्छालाई मन पराएन । उसले त्यो कुकुरलाई छाड्न भन्यो ।

व्हासएपमा भएको कुराकानीका क्रममा उक्त युवकले करिश्मालाई प्रष्ट भन्यो उसले उनीहरुको प्रेमको बीचमा कुनै कुकुर आएको र कुकुरले ओछ्यान शेयर गरेको कुरा मन पराउँदैन । साथै आफ्नी आमालाई पनि कुकुर मन नपर्ने कुरा युवकले भन्यो ।

जीवनको कुनै उमेरमा कुकुर मन पर्ने तर त्यस्तो मन पराइ अस्थायी कुरा रहेको भन्दै उसले कुकुरको साथ छाड्न करिश्मालाई भन्यो । तर करिश्माले कुकुरको साथ छाड्न मानिनन् ।

त्यसपछि उक्त युवकले मेसेजकै क्रममा झोक्किँदै लेख्यो त्यसोभए कुकुरसँगै बिहे गर । युवकको त्यस्तो व्यवहार देखेपछि करिश्माले पनि आफ्नो प्यारो कुकुरलाई छाडेर त्यो हठी युवकसँग बिहे नगर्ने फैसला गरेकी छिन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...