चेल्सीलाई स्वान्सी सिटीले बराबरीमा रोक्यो, चम्किए डिएगो कोष्टा

काठमाडौं, २७ भदौ ।

इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा चेल्सीलाई स्वान्सी सिटीले बराबरीमा रोकेको छ ।

स्वान्सी सिटीको मैदानमा भएको खेल २–२ गोलको बराबरीमा सकिएको हो । खेलको १८ औं मिनेटमा चेल्सीका डिएगो कोष्टाले पहिलो गोल गरे ।

दोस्रो हाफमा स्वान्सीका जिल्फी सिगुर्डसन र लेरोए फरले एक–एक गेल गर्दै घरेलु टोलीलाई अग्रता दिए । ८१ औं मिनेटमा डिएगो कोष्टाले दोस्रो गोल गर्दै चेल्सीलाई खेलमा फर्काए ।

यसपछि कुनै पनि टोलीले गोल थप्न नसक्दा खेल २–२ गोलको बराबरीमा सकिएको हो ।

यो बराबरीपछि चेल्सीले अंक तालिकाको शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । लिगका सुरुवाती चार खेलमा अपराजित रहेको म्यानचेस्टर सिटी १२ अंकको साथ शीर्ष स्थानमा छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...