पारा ओलम्पिकमा चीनको अग्रता कायमै
काठमाडौं, २६ भदौ ।
ब्राजिलको रियो दि जेनेरियोमा जारी पारा ओलम्पिक खेलकुदको पदक तालिकामा चीनको अग्रता कायमै छ । कुल २६ स्वर्ण पदकको साथ चीन शीर्ष स्थानमा रहँदा १५ स्वर्ण पदक जितेको बेलायत दोस्रो स्थानमा छ ।
यसैगरी १२ स्वर्ण पदक जितेको युक्रेन तेस्रो स्थानमा छ भने ८ स्वर्ण पदकका साथ अमेरिका चौथो स्थानमा छ । आयोजक ब्राजिल ५ स्वर्ण पदक जित्दै पाँचौ स्थानमा रहेको छ ।
पारा ओलम्पिक खेलकुदमा हालसम्म ४१ राष्ट्रले स्वर्ण पदक जित्दा ६३ राष्ट्रले पदक तालिकामा नाम लेखाएका छन् ।
प्रतिकृया दिनुहोस्
Loading...