मेस्सीको ह्याट्रिकले बार्सिलोना विजयी, बायर्नको शानदार जित
काठमाडौं, २९ भदौ ।
युरोपियन क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युएफा च्याम्पियन्स लिग फुटबलमा शिर्ष क्लवहरु बार्सिलोना र बायर्न म्युनिखले शानदार जित हात पारेका छन् ।
स्पेनिस क्लव बार्सिलोनाले स्कटल्याण्डको सेल्टीकलाई ७-० ले हरायो । खेलमा बार्सिलोनालाई विजयी गराउन लियोनल मेस्सीले ह्याट्रिक गरे भने लुइस सुवारेजले दुई गोल गरे ।
यसैगरी इभा राकिटिच र आन्द्रियास इनिएस्ताले एक एक गोल गरे । बार्सिलोनासँगको यो हार सेल्टीकको लागि युरोपियन फुटबलको इतिहासमै सबैभन्दा फराकिलो हार हो ।
यही समुहको अर्को खेलमा इंग्लण्डको म्यान्चेस्टर सिटी र जर्मनीको बोरुसिया एम्ब्याच खेल्ने कार्यक्रम रहेपनि खराब मौसमका कारण उक्त खेल रद्द गरिएको छ ।
च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राती भएको अर्को खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मेन पि.एस.जी र इङ्ल्यान्डको आर्सनलले एक एक गोलको बराबरी खेलेका छन् ।
यही समुहको अर्को खेलमा स्विट्जरल्याण्डको एफ.सी. बाजलले बुल्गेरियाको लुदोगोरेट्स राजगार्डसँग १-१ गोलको बराबरी खेलेको छ ।
समुह बी का खेलहरुमा ईटालीको नापोलीले युक्रेनको डाईनामो किभलाई २-१ ले हराँउदा पोर्चुगलको बेनिफिका र टर्कीको बेसिक्तासले १-१ गोलको बराबरी खेलेका छन् ।
उता समुह डी को खेलमा जर्मनीको बायर्न म्युनिखले रुसको एफ.सी रोस्तोभलाई ५-० ले हराएको छ ।
यही समुहको अर्को खेलमा नेदरल्यानण्ड्को पि.एस.भी आईन्डोभनलाई स्पेनको एथ्लेटिको मड्रिडले १-० ले पराजित गरेको छ । च्याम्पियन्स लिग फुटबलका बाँकी ४ समुहका लिग खेलहरु आज राति हुनेछन् ।
प्रतिकृया दिनुहोस्
Loading...