मेस्सी र रोनाल्डो मात्रै फिफा बालोन डी’ओरको इतिहासमा, नियम परिवर्तन गर्ने तयारी
एजेन्सी, ५ असोज ।
विश्वचर्चित फुटबल प्लेयर लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डो मात्रै यस्ता दुई खेलाडी हुने देखिए, जसले फिफा बालोन डी’ओर जिते ।
बालोन डी’ओरको नियम परिवर्तन गर्ने तयारी भइरहेको छ । फ्रान्सको फुटबल म्यागजिनले फुटबलको अन्तर्राष्ट्रिय प्रशासकीय निकाय फिफासँगको सहकार्य अन्त्य गरेको छ । यसले गर्दा फिफा बालोन डी’ओरको नियम परिवर्तन हुने देखिएको हो ।
फ्रान्सेली म्यागजिनले युरोपका उत्कृष्ट खेलाडीलाई बोलोन डी’ओर दिँदै आएको थियो । यस्तै फिफाले वर्ष खेलाडी अवार्ड दिने गरेकोमा सन् २०१० देखि दुवै अवार्डलाई मर्ज गरेर फिफा बालोन डी’ओर बनाइएको थियो । त्यसपछि अहिलेसम्म मेस्सीले सन् २०१०, २०११, २०१२ र २०१५ गरी चार तथा रोनाल्डोले २०१३ र २०१४ गरी दुई पटक अवार्ड जितेका छन् ।
दुई खेलाडीले मात्रै फिफा बोलोन डी’ओर जितेका छन् । दुवै अवार्ड जित्नेमा मेस्सी र रोनाल्डो पछि काका मात्रै हुन् । काकाले सन् २००७ मा बालोन डी’ओर र फिफा वर्ष खेलाडीको उपाधि जितेका थिए । फ्रान्सेली फुटबल फ्रान्स फुटबलले बालोन डी’ओर दिने घोषणा गरेपनि फिफाले भने वर्ष खेलाडी अवार्डका योजना सर्वाजनिक गरेको छैन ।
प्रतिकृया दिनुहोस्
Loading...