घरेलु क्रिकेटको सबैभन्दा ठुलो ट्वेन्टी ट्वेन्टी प्रतियोगिता इपिएल आजदेखि सुरु
घरेलु क्रिकेटको सबैभन्दा ठुलो ट्वेन्टी ट्वेन्टी प्रतियोगिता एभरेष्ट प्रिमियर लिग इपिएल शनिबारदेखि सुरु हुँदैछ । १७ गतेसम्म चेल्ने प्रतियोगितामा ६ टिमको सहभागिता छ ।
प्रतियोगितामा पञ्चकन्या तेज, विशाल वारियर्स, कलर्स एक्स फ्याक्टर्स, कान्तिपुर गोर्खाज, जगदम्बा राइनोज र सगरमाथा लिजेन्ड्सले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
जोहरा स्पोर्टस म्यानेजमेण्ट जेडएसएमको आयोजनामा हुन लागेको प्रतियोगिता राउण्ड रोबिन लिगको आधारमा हुनेछ । प्रतियोगितामा सहभागी हरेक टिमले कम्तिमा पाँच खेल खेल्नेछन् ।
कुन टिममा को को खेलाडी ?
पञ्चकन्या तेज

विशाल वारियर्स

पारस खड्का (कप्तान), राजु रिजाल, परेश लोहनी, सागर पुन, मञ्जित श्रेष्ठ, दीपेश खत्री, प्रकाश केसी, सुशन भारी, रामनरेश गिरी, इर्शाद अहमद, यज्ञमान कुमाल, सुरजप्रसाद कुर्मी, दीपेश श्रेष्ठ र नुरध्वज सेन ।
जगदम्बा राइनोज

कलर्स एक्स फ्याक्टर्स
ज्ञानेन्द्र मल्ल (कप्तान), हिमांशु दत्त, सिद्धान्त लोहनी, अविनाश कर्ण, राजेश पुलामी, सञ्जय रेग्मी, अमर सिंह राउटेला, योगेन्द्रसिंह कार्की, राहुलप्रताप सिंह, फजलुर रहमान, हरिशंकर शाह, अरुण ऐरी, नन्दन यादव र सञ्जय बस्नेत ।

कान्तिपुर गोर्खाज्

सगरमाथा लिजेन्ड्स

खेल, खेलडी र लैंगिक हिंसा विरुद्धको अभियान
इपिएल क्रिकेट प्रतियोगितालाई लैंगिक हिंसा विरुद्धको अभियानको रुपमा पनि प्रयोग गरिने भएको छ । आयोजक जेडएसएमले लैंगिक हिंसा विरुद्ध काम गर्दै आएको साथी नेपालसँगको सहकार्यमा प्रतियोगितालाई सामाजिक हितमा प्रयोग गरिने भएको हो ।
साथीकी रणनीतिक निर्देशक बन्दना रानाले खेल र खेलाडीबाट समाज चाँडो प्रभाव पर्ने भएकाले प्रतियोगितालाई लैंगिक हिंसा अन्त्यको अभियानको रुपमा प्रयोग गर्न लागिएको बताए ।
जोहरा स्पोर्टस म्यानेजमेन्दका आमिर अख्तरले हरेक खेलपछि खेलाडीले लैंगिक हिंसा विरुद्धको अभियानमा आफ्नो प्रतिबद्धता स्वरुप हस्ताक्षर गर्ने बताउनुभयो ।
प्रतिकृया दिनुहोस्
Loading...