साउथह्याम्पटनले वेष्ट ह्याम युनाईटेडलाई हरायो

काठमाडौं, १० असोज ।

इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राती भएको खेलमा साउथह्याम्पटनले वेष्ट ह्याम युनाईटेडलाई पराजित गरेको छ ।

लण्डन क्लव वेष्ट ह्याम युनाईटेडको मैदानमा भएको खेलमा पाहुना टोली साउथह्याम्पटन ३÷० ले विजयी भयो ।

खेलमा साउथह्याम्पटनलाई विजयी गराउन चार्ली अष्टीन, डुसान टाडिच र वार्ड प्रौजले एक एक गोल गरे । पराजित टोली वेष्ट ह्याम युनाईटेडको भने खराब लयले निरन्तरता पाएको छ ।

लिगमा ६ खेल सकिंदा ३ अंक मात्रै जोडेको वेष्ट ह्याम रेलिगेशन क्षेत्रको १८ औं स्थानमा रहेको छ । 

समान ६ खेलबाट १८ अंक जोडेको म्यान्चेस्टर सिटी शिर्ष स्थानमा छ भने १४ अंक जोडेको टोटनह्याम हट्सपर दोस्रो स्थानमा छ ।

इंङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राती हुने खेलमा बर्न्ले र वाट्फोर्ड भिड्नेछन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...