पिएसजीका डिफेन्डर सर्ज औयुरलाई दुई महिनाको जेल सजाय
पेरिएजेन्सी, ११ असोज ।
स सेन्ट जर्मनका डिफेन्डर सर्ज औयुरलाई दुई महिनाको जेल सजाय सुनाइएको छ ।
गएको मे ३० मा पेरिसको एउटा नाइट क्लबबाट बाहिरिँदै गर्दा प्रहरी अधिकारीलाई हातपात गरेको पुष्टि गर्दै अदालतले उनलाई दुई महिनाको जेल सजाय सुनाएको हो । आइभरीकोस्टका यी फुटवलरलाई ६ सय ७४ डलर जरिवाना पनि सुनाइएको बिविसीले लेखेको छ ।
औयुरले आफूलाई माफी दिन अपिल गरेका छन् । उनले आउँदो बुधबार हुने च्याम्पिन्स लिगमा पिएसजीबाट खेल्न पनि आफूलाई सजायमुक्त गर्न माग गरेका छन् ।
२३ वर्षका औयुर यस वर्षको सुरुमै प्रशिक्षकको आलोचना गरेकाले प्रतिवन्धमा परेका थिए । औयुरलाई पिएसजीको एन्जेल डि मारिया पनि भन्ने गरिन्छ । प्लेमेकर औयुर दुई महिना खेल्न नपाउने भएपछि पिएसजी र उसका समर्थक निराश भएका छन् ।

प्रतिकृया दिनुहोस्
Loading...