फिजीमा ६.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प, क्षतिको विवरण अाउन बाकी

एजेन्सी, ९ असोज ।

फिजीमा आइतबार ६.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूकम्प वैज्ञानिकहरुले सो स्थानमा सुनामीको आशंका नभएको बताएका छन्। 

उनीहरुले भूकम्पको झड्का स्थानीय समय अनुसार रातको ९ बजेर २८ मिनेट जाँदा भएको बताएका छन्।

भूकम्पको केन्द्रविन्दु फिजीको दोई द्वीपबाट एक सय किलोमिर उत्तरपूर्वी स्थानमा भएको जनाइएको छ। उक्त स्थानमा भूकम्प ५९४ किलोको गहिराईमा गएको समाचारमा उल्लेख छ।

हालसम्म भूकम्पबाट भएको क्षतिको विवरण बाहिर आएको छैन।

, , , , ,

प्रतिकृया दिनुहोस्

Loading...