युद्धबिराम सकिएलगत्तै एलेप्पोमा हवाई हमला
काठमाडौं, ४ असोज।
सिरियामा लागू गरिएको एकहप्ते युद्धबिरामको समय सकिएलगत्तै सिरियाली सेनाले एलेप्पो शहरमा हवाई हमला गरेको छ ।
हमला गर्नुअघि सेनाले युद्धविरामको समय सकिएको घोषणा गरेको थियो । सेनाले गरेको हवाई हमलाका कारण विद्रोहीको नियन्त्रण रहेका क्षेत्रका दर्जनौं भवन ध्वस्त भएका छन् ।
सिरियाली सरकार र विद्रोहीले युद्ध बिरामका समयमा एक–अर्कोमाथि सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै आएका छन् ।
यसैबीच सिरियाली सरकारले सिरियाली जनताका लागि राहत सामग्रीसहितका ट्रकलाई सिरिया प्रवेश गर्न रोक लगाएको छ । (एजेन्सी)
प्रतिकृया दिनुहोस्
Loading...