काभ्रेमा सडकबाट बस १५० मिटर तल खस्यो थप विवरण आउन बाँकी
काठमाडौँ, २८ असोज ।
काठमाडौँबाट काँभ्रेपलाञ्चोकको पलाञ्चोकतर्फ जाँदै गरेको बा ४ ख १९१३ नम्बरको कीर्तिपुर यातायातको बस आज अपरान्ह पाँचखाल नगरपालिका–१६ भान्साघर भन्ने स्थानबाट खसेर दुर्घटना भएको छ ।
बस सडकबाट करिब १५० मिटर तल खसेको काभ्रे प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका १० जनाको उद्धार गरी धुलिखेल अस्पताल ल्याउँदै गरिएको र केही यात्रु अचेत रहेकाले मृत्यु भएको हो वा होइन भन्ने पुष्टि भएको छैन ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।
प्रतिकृया दिनुहोस्
Loading...