विवाह गर्न मन छैन भने यस्ता झुटको सहारा लिन्छन् युवतीहरु


उमेर पुगेपछि घरमा आमाबुबालाई लाग्छ विवाह गरिदिए आफ्नो जिम्मेवारी पुरा हुन्छ । तर आजकल २० देखि २५ उमेरभित्रका युवतीहरु विवाह गर्न रुचाउँदैनन । त्यही कारण पनि उनीहरु विवाह टाल्न विभिन्न बहाना बनाउने गर्छन् ।

आजकलका युवतीहरु झन् आफ्नो करिअर बनाउन व्यस्त रहेका हुन्छन् । विवाहका लागि आफु तयार नरहेको र आफु सक्षम भएपछि मात्र विवाह गर्ने अडान आजकलका युवतीहरुमा ज्यादा हुनेगर्छ ।

लव अफयेरको बारेमा सोच्छन् र गर्छन् पनि तर करिअरलाई प्राथमिकतामा राखेर । विवाह गर्न त चाहान्छन् तर आफ्नो हिसाबले, आफुले मन पराएको केटासँग । 

कहिलेकाही परिवारमा विवाहको कुरा चलिहालेमा उनीहरु यस्ता १० कुराहरु प्राथमिकतामा राखेर बहाना बनाउने काम गर्छन् ।


१. म विवाह गर्न चाहादिन । म अझै पढ्न चाहान्छु । यो उमेर विवाह गर्ने होइन ।


२. म मेरो बुबाआमालाई छोडेर कतै जान्न । जबसम्म राम्रो जागिर मिल्दैन तबसम्म विवाह गर्दिन ।


३ म पहिला मेरो वजन घटाउँछु । त्यसपछि विवाहबारे सोचुला ।


४. मलाई केटामा अहिले इन्ट्रेस्ट छैन । म पहिला पैसा कमाउँन चाहान्छु ।


५. अहिले मेरो करिअर बनाउने बेला हो । मेरो टाइपको केटा भेटाउँनुहोस् पहिला ।


६. म विदेश जान चाहान्छु । त्यसपछि विवाहबारे सोचुला ।


७. कोही केटा नै मलाई मन पराउँदैनन्, पहिला म केही बनेर देखाउँछु ।


८. मलाई खाना बनाउन आउँदैन, म पहिला खाना बनाउन सिक्छु


९. मैले अहिलेसम्म पहिलो माया भुल्न सकेकी छैन । मलाई अरु केही समय दिनुहोस् । सबै ठीक भएपछि म विवाह बारे भन्छु ।


१०. म हाल आफ्नो तरिकाले जिउन चाहान्छु । ठुलो दाईको गरिदिनु त्यसपछि म गर्छु ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...