८ सय भन्दा बढी राँगा र बोकाको बलि दिइयो
बैतडी, २४ असोज ।
बैतडीको देहीमाडौँ निंगलाशैनी भगवती मन्दिर र मेलौलीमा रहेको मेलौली भगवती मन्दिरमा गरी आइतबार दशैँको महाअष्टमीका दिन ८०० भन्दा बढी राँगा तथा बोकाको बलि दिइएको छ ।
तीन सय ८२ राँगा र ४३२ बोका गरी ८१४ राँगाबोकाको बलि दिइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
यस्तै, आज महानवमीका दिन पाटनमा रहेको उदयदेव मन्दिर र तल्लादेहीमा रहेको डिलाशैनी मन्दिरमा पनि राँगा बोकाको बलि दिइने स्थानीय लोकेश साउदले राससलाई जानकारी दिए।
दार्चुलाको धुलीगडामा रहेको दुर्गाभवानी मन्दिरमा राँगाको बलि नदिने र बोकाको बलिमात्र दिने गरेकाले आइतबार करिब १५ बोकाको बलि दिइएको त्यहाँबाट दलजितसिंह धामीले जानकारी दिए ।
महाष्टमीको अवसरमा सुदूरपश्चिमका विभिन्न शक्तिपीठमा बलि दिइने गरिन्छ ।
प्रतिकृया दिनुहोस्
Loading...