बैतडीमा लोप हुँदै रैथाने बीउ
बैतडी, २ कात्तिक ।
विभिन्न तरकारी तथा अन्नबालीका रैथाने बीउ लोप हुँदै गएका छन् । उन्नत जातको बीउको प्रयोगसँगै रैथाने बीउ लोप हुने अवस्थामा पुगेका हुन् ।
रैथाने बीउ लोप हुँदै गएपछि उन्नत जातको बीउले उत्पादन बढी दिने भए पनि विभिन्नखालका रोग कीराले सङ्क्रमण गर्ने, समयमा नपाक्नेलगायतका समस्या आइरहेका श्रीकोटका किसान हेमराज गिरी बताउछन् ।
“रैथाने बीउ आजभोलि गाउँघरमा पाइनै मुस्किल भएको छ,” उनले भने । उन्नत जातका बीउ स्थानीय हावापानीअनुसार मिल्दोजुल्दो नभएकाले पनि उत्पादनमा समस्या आइरहेको कृषि प्राविधिकहरुको भनाइ छ । “पुरानो बीउमा रोग कीरासँग लड्ने क्षमता रहेकाले उत्पादन बढी हुन्छ,” कृषि प्रविधिक सागर भट्टले भने ।
स्थानीय तथा रैथाने बीउको संरक्षणका लागि जिल्ला कृषि विकास कार्यालयले खासै पहल नगरेको किसानले बताएका छन् । आधुनिकतासँगै पुरानो धान, गहुँ, मकै, तरकारीलगायतका बीउ लोप हुने अवस्थामा पुगेको हो ।
“उन्नत जातको बीउसँगै रैथाने बीउ हराउँदै गएको छ,” जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ विकास अधिकृत कमलेश तिवारीले भने ।
प्रतिकृया दिनुहोस्
Loading...