टिसीएनद्वारा ४० जनाको लागि दरखास्त आह्वान

काठमाडौं २ कात्तिक ।

सरकारी स्वामित्वको टिम्बर कर्पोरेशन अफ नेपाल (टिसीएन)मा ४० रिक्त स्थानका लागि विभिन्न पदहरुमा जागिर खुलेको छ । सोमबार एक विज्ञापन प्रकाशित गर्दै टिसीएनले जागिर खुलएको हो ।

काठको काम गर्ने टिसीएनले प्राविधिक तथा अप्राविधिक पदमा दरखास्त आह्वान गरेको हो । 

टिसीएनमा उपप्रवन्धकदेखि सहायक र कम्प्युटर सहायक पदसम्मका लागि जागिर खुलेको छ । टिसीएनले वन समूहको प्राविधिकतर्फ ३ जना उपप्रवन्धक मागेको छ ।

लेखा, प्रशासन र कम्प्युटरतर्फ ६ सहायक प्रवन्धक, लेखा, प्रशासन, र वनतर्फ २३ जना बरिष्ट सहायक पनि मागिएको छ । प्रशासन र कम्इुटरतर्फ ८ जना सहायक पनि टिसीएनले माग गरेको छ ।

, , , , ,

प्रतिकृया दिनुहोस्

Loading...