टेलिफोनमा खराबी, हजारौ सेवाग्रही मर्कामा

जाजरकोट, २७ असोज ।

रुकुमको घेत्मा गाविसमा रहेको नमस्ते मोबाइलको टावरमा खराबी आउँदा जाजरकोट तथा छिमेकी जिल्लाका हजारौं सेवाग्राही मर्कामा परेका छन् । 

जाजरकोटको पूर्वी भेगका खगेनकोट, रग्दा, लहँ, डाँडागाउँ र सक्ला तथा रुकुमको आठविसकोट, आठविसडाँडागाउँ, घेत्मा लगायतका गाविसका हजारौँ सेवाग्राही मर्कामा परेका हुन् । 

एक हप्ताअघि देखि टावरमा समस्या आए पनि मर्मततर्फ ध्यान नदिइएको पञ्च भयार मावि खगेनकोटका शिक्षिका नन्दा शाहीले जानकारी दिए ।

फोनमा आएको खराबीका कारण दशैंमा यहाँका स्थानीयवासीले घरदेखि टाढा रहेका आफन्तसँग खबर आदानप्रदान गर्न नपाउँदा बेखबर भएको आठविसकोटका तिलक वटालाले बताए । 

नेपाल टेलिकम जाजरकोटसँग सम्पर्क गर्न खोज्दा फोन नउठेका कारण यसबारेमा जानकारी पाउन सकिएन ।

, , , , , , , ,

प्रतिकृया दिनुहोस्

Loading...