सिभिल अस्पतालमा खुल्यो जागिर, ५९ स्टाफ नर्ससहित ८३ कर्मचारीको माग

काठमाडौं २ कात्तिक ।


मीनभवनमा रहेको सरकारी स्वामित्वको सिभिल सर्भिस हस्पिटल (निजामति अस्पताल) ले विभिन्न पदमा ८३ जनाका लागि जागिर खुलाएको छ ।

मंगलबार एक विज्ञापन प्रकाशित गर्दै हस्पिटलले एकवर्षे करार अवधिमा सेवा गराउने गरी कर्मचारी मागेको हो ।

अस्पतालले स्टाफ नर्सतर्फ ५९ जना मागेको छ । ओपीडी असिस्टेन्ट १५ जना, इलेक्टि्रकल ओभरसियर १, डेन्टल हाइजेनिस्ट ४ जनाका लागि पनि दरखास्त आह्वान भएको छ ।

ल्याब टेक्निसियनतर्फ ३ जना, रेडियोग्राफरतर्फ १ जनाले सिभिल हस्पिटलमा जागिर पाउनेछन् ।

, , , , ,

प्रतिकृया दिनुहोस्

Loading...