९ सय भुकम्प पीडितले अझै अनुदान रकम पाएनन

बनेपा,६ कार्तिक ।
काभ्रेपलाञ्चोकका नौ सय भूकम्प पिडीतले अझै पुननिमार्ण आवास अनुदान रकम पाउन सकेको छैन ।
जग्गाधनी प्रमाणपूर्जा नभएको, गुठी जग्गामा बसेको, सुकुम्वासी र जग्गा दर्ता छुट भएका भूकम्प पिडीतले आवास अनुदान रकम पाउन नसकेको जिल्ला विकास समिति, काभ्रेपलाञ्चोकका योजना अधिकृत धोलकराज ढकालले बताए ।
जग्गाधनी प्रमाणपूर्जा नभएका त्यस्ता भूकम्प पिडीतलाई पुननिमार्ण आवास अनुदान रकम उपलब्ध गराउने बिषयमा कुनै कार्य्विधि र स्पष्ट निर्देशन नआएको उनले स्पष्ट पारे ।
बिशेषगरी जिल्लाको फँलाटे र भूम्लुटारवासीको भूकम्प पिडीतको नाममा जग्गाधनीे लालपूर्जा छैन भने कोशिदेखा, सिम्थली लगायतका गाविसमा गुठी र सुकुम्वासी जग्गा सम्बन्धी समस्या देखिएको जिविस काभ्रेपलाञ्चोकले जनाएको छ ।
जिल्लामा कुल ५८ हजार ६०८ लाभग्राहीको सूचना प्रकासन भएकोमा ५५ हजार ८६५ जनाको लागि बजेट निकासा गर्न कोष तथा लेखा नियन्त्रण कार्यालय, धुलिखेलमा पत्राचार भएको योजना अधिकृत ढकालले बताए ।
जिल्लामा कुल ५७ हजार ८६५ जनाले आवास पुननिमार्णका लागि पहिलो किस्ता वापतको रु. ५० हजार रकम पाउँदै छन । ५७ गाविस र पाँच नगरपालिका रहेको काभ्रेपलाञ्चोकमा हालसम्म कुनै पनि भूकम्प पिडीतले शतप्रतिशत पुर्न्निर्माण आवास अनुदान रकम पाएको छैन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...