एनसेलसँग मागियो फोरजीको ‘रोलआउट प्लान’



काठमाडौं १४ कात्तिक।

मोबाइल सेवा प्रदायक कम्पनी एनसेलसँग नेपाल दूरसञ्चार प्राधिकरणले फोरजी सञ्चालनको कार्ययोजना माग गरेको छ । प्राधिकरणको शुक्रबार बसेको सञ्चालक बोर्डले निजी क्षेत्रको सेवाप्रदायक एनसेलसँग रोलआउट प्लान माग गरेको हो ।

प्राधिकरणले एनसेलसँग सेवा सञ्चालनका लागि फ्रीक्वेन्सी, मूल्य, समयतालिका र कुन क्षेत्रमा कहिलेबाट सेवा सञ्चालन गर्ने भनी कार्ययोजना माग गरेको हो ।

नेपाल टेलिकमसँग भने प्राधिकरणले दशैं अगावै कार्ययोजना माग गर्दै अनुमति समेत दिइसकेको छ । मोबाइल सेवा प्रदायक कम्पनीहरुमध्ये एनसेल टेलिकम पछिको दोस्रो बजार हिस्सा ठूलो भएको कम्पनी हो ।

केही समय अगाडि संसोधन गरिएको रेडियो फ्रीक्वेन्सी बाँडफाँट तथा मूल्य निर्धारण नीतिले १८०० ब्यान्डमा प्रविधि तटस्थ गरेर फोर जी सेवा सञ्चालन गर्न दिइने व्यवस्था गरेको छ ।

फोरजी सञ्चालनको अनुमति पाइसकेको नेपाल टेलिकमले भने पौष १७ गतेदेखि व्यावसायिक रुपमा फोरजी सेवा सञ्चाल गर्नेका लागि अनुमति पाइसकेको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...