अब नेपालगञ्जमा पनि सोल्टी होटल

काठमाडौं, ६ कात्तिक।
सोल्टी होटल लिमिटेडले नेपालगञ्जमा चारतारे होटल सञ्चालनमा ल्याउने भएको छ । राजधानीको सोल्टीमोडमा सञ्चालित होटलले होटल स्थापनाको ५०औं वार्षिकोत्सवका अवसरमा विहिबार आयोजित विशेष कार्यक्रममा होटलका कार्यकारी अध्यक्ष दिनेश बहादुर विष्टले सो जानकारी दिएका हुन् ।
उनले आगामी जेठभित्र होटल सञ्चालनमा आउने जानकारी दिए । ५५ करोड रुपैयाँ लगानीमा निमार्ण गर्न थालिएको होटलमा ८१ ओटा तारे कोठा, २५० जनाको क्षमता रहने ब्यांकेट, १०० क्षमताको रेष्टुरेन्ट, स्विमिङ पुल र स्पाको समेत सुविधा हुने उनले बताए ।
त्यस्तै होटल पोखरामा पनि रिसोर्ट खोल्ने योजना रहेको त्यसका लागि २८ रोपनी जग्गा खरीद गरिसकेको र चाँडै नै निर्माण कार्य थालिने जानकारी कार्यकारी अध्यक्ष विष्टले दिए ।

प्रतिकृया दिनुहोस्

Loading...