खाद्य संस्थानले तोक्यो खसीबोका र च्याङ्ग्राको मूल्य
काठामाडौं,१६ असोज ।
नेपाल खाद्य संस्थानले आज आइतबारदेखि काठमाडौंमा खसीबोका र च्याङ्ग्राको बिक्री वितरण सुरु गर्दैछ । संस्थानले आफूले बिक्री गर्ने खसीबोका र च्याङ्ग्राको मूल्य पनि तोकेको छ ।
मनाङबाट पहिलो लटमा ल्याइएको ७ सय ५० च्याङ्ग्रा र तराइबाट भित्रिएको ४ सय जिउँदो खसीबोकाको बिक्री सुरु गर्न लागिएको हो ।
काठमाडाैंको थापाथलिस्थित बाग्मती अञ्चल खाद्य गोदामबाट दिउँसो २ बजेदेखि बिक्री सुरु गर्न लागिएको संस्थानका प्रवक्ता पवन कार्कीले अनलाइनखबरलाई जानकारी दिए ।
तराईबाट थप खसीबोका र मुस्ताङबाट च्याङ्ग्रा पनि काठमाडौं ल्याइँदैछ । संस्थानले जिउँदा च्याङ्ग्रा र खसीबोकाको मूल्य पनि निर्धारण गरेर सार्वजनिक गरेको छ । संस्थानसँग २५ किलोसम्मको जिउँदो खसी किन्दा प्रतिकिलो ४ सय ४० रुपैयाँ पर्नेछ ।
यस्तै २५ किलो भन्दा माथिको जिउँदो खसीको मूल्य प्रतिकिलो ४ सय ५० रुपैयाँ कायम गरिएको छ । यसैगरी जिउँदो च्याङ्ग्राको मूल्य प्रतिकिलो ६ सय ५० रुपैयाँ कायम भएको प्रवक्ता खनालले जानकारी दिए ।
गतवर्षको तुलनामा अहिले खसी किलोको गतवर्षभन्दा १५ रुपैयाँसम्म महंगिएको छ भने च्याङ्ग्रा पनि किलोको ३० रुपैयाँले बढेको छ ।
प्रतिकृया दिनुहोस्
Loading...