भारतीय ट्रकको ठक्करबाट १ को मृत्यु
चितवन, ५ कात्तिक ।
चितवनको दारेचोक–४ स्थित मुग्लिनबजारमा भारतीय ट्रकको टक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।
पोखराबाट चितवनको नारायणगढतर्फ आउँदै गरेको आर–जे–०२९७१५ नंको भारतीय ट्रकले ठक्कर दिँदा पैदलयात्री अन्दाजी ५० वर्षको देखिने पुरुषको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
मृतकको अहिलेसम्म सनाखत नभएको र शवपरीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
गएराति करिव ९ः३० बजेको समयमा भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका क्रममा कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा मध्यराति १२ बजे ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...