काठमाडौँ उपत्यकामा विप्लव माओवादीको देउसीभैलो


  • जन्मदेव जैसी, काठमाडौँ १३ कात्तिक।  
विप्लव माअाेवादीले प्रगतिशील गित र नृत्यसहित उपत्यकाका विभिन्न ठाउँमा देउसीभैलो खेलिरहेकाे छ । कात्तिक १२ गते विहानदेखि शुरु भएकाे देउसीभैलो खेल्ने कार्यक्रम तिहार अवधिभर खेजारी रहने विप्लव माओवादीले जनाएको छ । 

सामना साँस्कृतिक परिवारका कलाकारहरुकाे उत्कृष्ट नृत्य र गित प्रस्तुतिमा उपत्यकाका सबै जनवर्गीय संगठनका नेताहरुकाे पनि सहभागितामा खेलिरहेकाे टाेलीकाे नेतृत्व पार्टी नेता माइला लामाले गरिरहेका छन् । 

देउसीभैलो कार्यक्रममा टाेलका जनता उत्साहित भएर स्वतःस्फुर्त नाँचिरहेका थिए । "यसपाली जनताकाे राम्राे साथ छ," नेता लामा उत्साहित हुँदै भने । 

उनका अनुसार जुन घरकाे अाँगनमा खेलिन्छ त्याे टाेलकै छिमेकीहरु जम्मा हुन्छन् र कार्यक्रम हेर्दै थालीमा पैसाकाे घेरा हालेर अाईपुग्छन् । 

राष्ट्रियता र जनताका पिर व्यथा अनि मुक्तिका गितसँगै अाधुनिक मनाेरञ्जनात्मक गित र नृत्यले धेरैलाई अाकर्षित गरिरहेकाे सामना परिवारका अाराेह नेपालीले बताए । 

माअाेवादीका अनुसार गित र नृत्यबाट प्रगतिशील विचार एवं पार्टीका धारणा सम्प्रेशित गर्ने पनि कार्यक्रमकाे अर्काे उद्देश्य हाे ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...