ओटी र इमर्जेन्सीबाहेक सबै काम ठप्प पारेर डा. केसीको समर्थनमा उत्रिए आवासीय चिकित्सक
काठमाडौं , १७ असोज ।
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का आवासीय चिकित्सकहरुले अनसनरत डा. गोविन्द केसीको समर्थनमा मंगलबारबाट ओपीडी लगायतमा काम नगर्ने भएका छन् ।
आकस्मिक र शल्यक्रियामा भने काम जारी राख्नेछन् । डा. केसीको माग सम्बोधन गर्न सरकारले कुनै चासो नदिएको नेशनल रेसिडेन्ट डक्टर्स एशोसिएसनले जनाएको छ ।
एशोसिएसनका अनुसार आईओएमका आवासीय चिकित्सकहरु आइतबारदेखि नै पठनपाठनमा सहभागी भएका छैनन् ।
भोलिबाट शैक्षिक कार्यक्रम अन्तरगतका अपरेशन (ओटी) र इमर्जेन्सीबाहेकका काममा सहभागी नहुने उसले बताएको छ । एशोसिएसनले डा. केसीको मागमा आफ्नो समर्थन र ऐक्यवद्धता रहेको भन्दै माग पूरा गर्न सरकारसँग माग समेत गरेको छ ।

प्रतिकृया दिनुहोस्
Loading...