ललितपुरमा भेटियो मुसाजस्तो अचम्मको जीव, हेर्नेको घुइचो !







हामीले हलिउड मुभीमा देख्ने गरेका छौं, कुनै सानो जिव औसत आकारमाभन्दा ठुलो हुने र मानव समुदाय माथी धावा बोल्ने गरेको ।

डार्विनको जीवन सम्बन्धि सिद्धान्तले पनि भन्छ, जो बद्लिदो परिस्थिती अनुसार आफुलाई बदल्दै लैजान सक्छ, उसैको प्रजाती अनन्त कालसम्म बाँच्छ ।


बिहिबार ललितपुरको बज्रबाराहीमा एउटा यस्तै दृश्य देखियो । हेर्दा मुसा जस्तो देखिने तर मुसाको आकारभन्दा निकै ठूलो उक्त जिव हेर्न स्थानियहरुको ठूलो जामात भेला भएका थिए । 

र्याकुन प्रजातीको मुसा जस्तो देखिएतापनि उक्त जीव त्यो भन्दा फरक देखिन्छ । एकाएक उक्त जिव देखापरेपछी स्थानियहरुले प्रहरीलाई समेत खबर गरेका थिए । ललितपुर प्रहरीले उक्त जिवलाई सकुशल समातेर जंगलमा छोडेका छन् ।

फोटो साभारः सुन्दर ललितपुर फेसबुकबाट






,

प्रतिकृया दिनुहोस्

Loading...