विर्तामोडमा २ वटा बस ठोक्किँदा ५५ जना घाइते
झापा २६ असोज ।
पूर्व–पश्चिम राजमार्गअन्तरगत झापाको विर्तामोडमा बुधबार बिहान दुईवटा बस आपसुमा ठोक्किँदा ५५ जना घाइते भएका छन् ।
बिर्तामोड नगरपालिका १, पश्चिम धर्मकाँटा नजिकै बुधबार विहान दुईवटा यात्रुवाहक बस एकआपसमा ठोक्किएका हुन् ।
काँकरभिट्टाबाट बिराटनगरतर्फ आउँदै गरेको ना ५ ख ६५६१ बस बिराटनगरबाट काँकरभिट्टातर्फ जाँदै गरेको ना ५ ख १८९८ नम्बरको यात्रुबाहक बससँग ठोक्किएको थियो । तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ ।
दुबै बसका घाइतेमध्ये २९ जनाको बिर्तामोडस्थित बीएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । १६ जनाको बिर्तासीटी र ९ जनाको मनमोहन हस्पिटलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडमा डीएसपी खड्कबहादुर खत्रीले जानकारी दिए ।
बसमा दशैंको टीकाटालोका लागि आपन्तजन भेट्न हिँडेका यात्रुहरु थिए । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रतिकृया दिनुहोस्
Loading...