भारतीय राष्ट्रपति अाउनु पूर्व विप्लव माओवादीको प्रदर्शन

काठमाडौँ १५ कात्तिक ।
भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणको लागि नेपाल अाउने दिन सार्वजनिक विदा दिने सरकारी निर्णयकाे विरोध गर्दै नेकपा (माओवादी)ले प्रदर्शन गरेको छ ।
सरकारले दलाली र चाकरी गर्न सार्वजनिक विदा दिएको भन्दै चाैतर्फी विराेध भइरहेकाे बेला माओवादीले प्रदर्शन गरेकाे हाे ।
सोमबार दिउँसो बबरमहलबाट सुरु भएकाे विराेध प्रदर्शन माइतीघर मण्डलामा पुगेर काेणसभामा परिणत भएकाे थियाे ।
काेणसभालाई सम्बोधन गर्दै पार्टीका पोलिट्व्युरो सदस्य ओमप्रकाश पुनले सरकारले भारतको दलाली गरेर नेपाली जनताको शिर तल पारेको बताए । उनले सरकार भारतकाे अगाडि लम्पसार परेर दलाली चाकरी गरेकाे बताए ।
सार्वजनिक विदा फिर्ता लिन चौतर्फी माग भएपनि सरकारले नसुने जस्तो गरेर दलालीको सीमा नाघेको बताए ।
विराेध प्रदर्शनमा माअाेवादीका स्थायी समिति सदस्य सन्ताेष बुढा, केन्द्रीय सदस्य माेहन कार्की, अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका अध्यक्ष अमर झाक्रीलगायतका नेताहरुकाे सहभागी थिए ।
प्रतिकृया दिनुहोस्
Loading...