ट्रकको ठक्करले बसमा सवार ३ को मृत्यु, दर्जन बढी घाइते
सिरहा ४ कार्तिक ।
सिरहाको मिर्चैया– ६ मा गएराती ट्रकको ठक्करबाट बसमा सवार तीन जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् ।
पूर्व पश्चिम राजमार्गमा ना ५ ख ४८८९ नम्बरको यात्रुवाहक बसलाई ना ३ ख ४१३० नम्बरको ट्रकले राती १२ बजेतिर ठक्कर दिएको थियो ।
ठक्करबाट बसमा सवार भारत सिक्किम ग्यान्टोक बस्ने ३३ वर्षीय पायल अग्रवाल, ३० वर्षीय विन्दीया गुरुङ र पाँचथर रवी–६ बस्ने ३५ वर्षीया ननुका राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौँका अनुका थापा, विरु खरेल, सुमन, सोडिया थापा, सर्डियस क्षेत्री, सरोज थापा, संखुवासभा धुपु–५ बस्ने दिलु कालाखेती, ईलाम आमचौक–३ बस्ने कसीस क्षेत्री, पशुपतिनगर–५ बस्ने लाक्पा तामाङ, बारा सिमरा बस्ने हिरा कार्की, अदिती कार्की, कृष्णबहादुर कार्की र पाँचथर रवी–५ बस्ने मनोज राई, घाइते भएका छन् ।
घाइतेमध्ये अनुका थापा, विरु खरेल, सुमन र सोडिया थापालाई थप उपचारको लागि न्यूरो अस्पताल विराटनगर ल्याइएको छ । अन्यको स्थानीय नर्सिङ्ग होम मिर्चैयामा उपचार भइरहेको छ ।
ठक्कर दिने ट्रकका चालक मकवानपुर हेटौडा– ३ का फडेन्द्र राजपुरीलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले नियन्त्रणमा लिएको छ । बसका चालक फरार रहेकाले खोजी भइरहेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय रानी विराटनगरले जनाएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...