मेसीले २ गोल गरेपछि बार्सिलोना शीर्ष स्थानमा
काठमाडौँ ७ कात्तिक ।
निकै तनावपूर्ण खेलमा रेफ्रिले खेल सकिएको सिटी फुक्नुअघि लिओनल मेसीले गरेको पेनाल्टी गोलका कारण बार्सिलोनाले स्पेनिस ला लिगामा भेलेन्सियालाई उसैको मैदानमा ३–२ गोलले पराजित गरेको छ।
लिग अन्तर्गत शनिबार राति भएको खेलमा भ्यालेन्सियालाई संघर्षपूर्ण रूपमा हराउँदै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो ।
शनिवार करिब ४७ हजार दर्शक उपस्थित मेस्टेला रंगशालामा अर्जेन्टिनी स्ट्राइकरले २ गोल गरेपछि बार्सिलोनाले निर्धारित ९० मिनेटपछि थप गरिएको ५ मिनेटमा खेल आफ्नो पक्षमा राख्यो।
दोहोरो पहेँलो कार्डका कारण नियमित तीन खेलाडी अनुपस्थित रहेको बार्सिलोनाका लागि मेसीले पहिलो हाफको २२ र ९४ मिनेटमा गोल गरे।
पहिलो हाफमा मेसीको गोलमा १–० को अग्रता लिएको बार्सिलोनाको नतिजालाई दोस्रो हाफको मिनेटमा घरेलु टोलीले उल्टाउन सफल भएको थियो। बार्सिलोनाबाट क्रृण सम्झौतामा भेलेन्सियाबाट खेलिरहेका स्ट्राइकर मुनिर अल हादादीले दोस्रो हाफको खेल सुरु भएको ७ मिनेटमा गोल फर्काएपछि खेल १–१ को बराबरीमा पुगेको थियो।
यसको ४ मिनेटपछि नै रोड्रिग्योले बार्सिलोनाको कमजोर रक्षापंक्तीको फाइदा उठाउदै अर्को गोल थपे पछि भ्रमणकारी टोली २–१ ले पछाडि पर्न पुग्यो। तर, नाटकीय खेलमा लुइस सुआरेजले ६२ मिनेटमा गोल गर्दे बार्सिलोनालाई २–२ को बराबरीमा पुर्याए।
अन्त्यमा सुआरेजलाई लडाएको आरोपमा बार्सिलोनाले पेनाल्टीको अवसर पायो। जसलाई पेनाल्टीमा कमजोर मानिने मेसीले नै निर्णायक गोल गरे।
पेनाल्टीको विषयलाई लिएर दुवै टोलीका खेलाडीबीच केही बेर मैदानमा झगडा परेको थियो। कप्तान आन्द्रेस इनिस्टा घुँडाको चोटका कारण चाँडै मैदानबाट बाहिरिएपछि बार्सिलोना थप दबाबमा देखिएको थियो।
प्रतिकृया दिनुहोस्
Loading...