विवशकुमार सेजुवालले छोडे माओवादीको सांस्कृतिक मोर्चा, भन्छन आन्दोलनमा भने रहने छु

काठमाडौँ १५ कात्तिक । 

विप्लव नेतृत्वमा रहेको नेकपा (माओवादी) निकट अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रिय सदस्य विवशकुमार सेजुवालले महासंघको जिम्मेवारीबाट अलग रहेको घोषणा गरेका छन् ।


सेजुवाले सोमबार राजिनामा पत्र लेख्दै केन्द्रीय समितिबाट राजिनामा दिएका हुन् । विगत १७ बर्षदेखि मैले यही संगठनमा निरन्तर आफ्नो जीवनको महत्त्वपूर्ण समय खर्चेका सेजुवालले एकाएक राजिनामा दिनु रहस्यमय देखिएको छ । 


उनले आफुले संगठनको नीति र पद्धतिलाई पालना गरिरहँदा संगठनको मूल नेतृत्वले बिना कारण बिना जानकारी केन्द्रीय कमिटीबाट पूर्वाग्रही तरिकाले हटाउने निर्णय गरेको भन्दै असन्तुष्टी ब्यक्त गरेका छन् । 

हेरौ विवशकुमार सेजुवालको राजीनामा पत्र

बिषय:- राजिनामा
महान जनयुद्धको थालनीसँगै हामीले सांस्कृतिक रुपान्तरण र महान सर्वहारा सांस्कृतिक क्रान्तिको सपना बोकेर वर्ग समाज र दबिएका आवाजलाई सपना बनाई निरन्तर लडिरहेकै छौं । 

जनवादी संस्कृति र सभ्य समाज स्थापनाको निम्ति आफ्नो अमूल्य जीवन अर्पण गरी हामीलाई मुक्ति रणसंग्रामको बाटोमा निरन्तर अघि बढ्न प्रेरणा दिनुहुने आदरणीय वीर सपूत इच्छुक, हर्ष ब. शाही प्रभात, चुनु गुरुङ, प्रमोदलगायत सम्पूर्णमा श्रादानजली अर्पण गर्दछु ।

अहिले अखिल नेपाल जनसांस्कृतिक महासंघको पाँचौ राष्ट्रिय सम्मेलन नजिकिँदै गर्दा मलाई सम्झना आउँछ विगत १७ बर्षदेखि मैले यही संगठनमा निरन्तर आफ्नो जीवनको महत्त्वपूर्ण समय खर्चेको छु । 

मैले आफैं भनिरहँदा धेरैलाई मेरो कुरा चित्त नबुझ्न पनि सक्छ । यो त इतिहासको जिम्मेवारीको पाटो हो । मेरो सहकर्मीलाई नै थाहा होला ।

मैले आफ्नो संगठनको नीति र पद्धतिलाई पालना गरिरहँदा संगठनको मूल नेतृत्वले नै मलाई बिना कारण बिना जानकारी केन्द्रीय कमिटीबाट पूर्वाग्रही तरिकाले मलाई हटाउने निर्णय गरियो । यसमा मेरो भन्नू केही छैन ।

ईमानदार र लगनशील योद्धाको यो मोर्चामा ठाउँ नहुने मैले निश्चित देखेर आजको मितिदेखि अखिल नेपाल जनसांस्कृतिक महा संघको साधारण सदस्य समेत नरहने गरी संगठन को अध्यक्ष माइला लामा र केन्द्रीय कमिटी समक्ष यो राजीनामा पत्र पेस गर्दछु ।

एकीकृत जनक्रान्तिको निम्ति नियमित रुपमा म पार्टीको कुनै पनि जिम्मेवारीमा रहेर काम गर्नेछु ।

क्रान्तिकारी अबिबादन 
बिबश कुमार सेजुवाल 
केन्द्रिय सदस्य अखिल नेपाल जन साँस्कृतिक महा सँघ

,

प्रतिकृया दिनुहोस्

Loading...