पशुपतिका बृद्धबृद्धालाई कम्मल वितरण

काठमाडौँ ६ कात्तिक।

चिसो मौसम सुरु भएसँगै पशुपतिकाे गौशालामास्थित बद्धाश्रमका बृद्धबृद्धालाई कम्मल वितरण गरिएको छ ।

काठमाडौँका समाजसेवी अभयपाल डंगोल र पत्नी रिता डंगोलले शनिबार बद्धाश्रमै पुगेर ८० थान कम्मल वितरण गरेका हुन् । 

चिसोबाट बच्न सहयोग पुगोस् भन्दै अस्ट्रेलियामा अध्ययनरत छोरी ममिता डंगोलले कम्मल पठाएको अभयापालले बताए ।

वितरण कार्यक्रममा सहभागी एमालेका युवा नेता कमल रावलको चिसाेकाे माैसम सुरु भइसकेकाले डंगाेल परिवारले बुढाबुढीलाई कम्मल वितरण गरेर राम्रो काम गरेको भन्दै अन्य क्षेत्रमा सहयोग गर्नुपर्ने अावश्यकता रहेकाे बताए ।

,

प्रतिकृया दिनुहोस्

Loading...