हतियारको ऋण मिनाहा गर्न नेपालको प्रस्ताव



काठमाडौं १२ कात्तिक ।

नेपाल र भारतका परराष्ट्रमन्त्री नेतृत्वको संयुक्त आयोग (ज्वाइन्ट कमिसन)को बैठकले दुई देशबीच भएका विकास सम्झौतासहित सबै पक्षको समीक्षा गरेको छ ।

भारतले अपूरो सीमा नक्सामा हस्ताक्षर गर्न प्रस्ताव गरे पनि नेपालले पूरै सीमा विवाद समाधान भएपछि हस्ताक्षर गर्ने जवाफ दिएको छ ।

नेपालले हतियार खरिदबापत तिर्नुपर्ने रकम मिनाहाका लागि प्रस्ताव गरेकोमा भारतले ‘विचार गरौँला’ भन्ने जवाफ दिएको छ । भारतलाई तिर्नुपर्ने दुई अर्ब ४० करोड रुपैयाँलाई अनुदानमा परिणत गर्न पनि नेपालले प्रस्ताव गरेको थियो ।

भारतले अनुदानमा दिएको सैन्य सामग्री खरिदको मोडालिटी परिवर्तन गर्ने नेपालको पूर्ववत् प्रस्तावमा भारत अघिल्ला बैठकहरूमा सहमत नभएपछि यसपटक कुरै उठेन ।

भारतले पठाएका हेलिकोप्टरसहितका सैन्य सामग्री कमसल खालको भएको र सरकारी स्वामित्वमा रहेको रक्षासँग सम्बन्धित कम्पनीहरूले चर्को मूल्य राखेर बिल पठाएको सैनिक अधिकारीहरूको भनाइ छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ

, ,

प्रतिकृया दिनुहोस्

Loading...