भक्तपुरमा बिहीबार तीन जनाको मृत्यु
- भक्तपुर १२ कात्तिक ।
भक्तपुरमा बिहीबार विहानदेखि बेलुकासम्ममा फरक–फरक घटनामा परी तीन जनाको मृत्यु भएको छ । जसमा एक जना पुरुष र दुई जना महिला रहेका छन् ।
मध्यपुर ठिमी नगरपालीका–१३ नँयाठिमीस्थित आकाशे पुल नजिक मोटरसाईकलको ठक्करबाट एक पैदलयात्री महिलाको मृत्यु भएको छ ।
काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको बा८०प ५००८ नं. को मोटरसाईकलले बाटो क्रस गर्दै गरेकी पैदलयात्री जिल्ला दोलखा जिरी घर भएकी बर्ष ४५ की सरस्वती खड्कालाई ठक्कर दिएको थियो ।
ठक्करबाट घाईते भएकी खड्काको उपचारको लागि मध्यपुर अस्पताल उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
ठक्कर दिने मोटरसाईकल र चालक जिल्ला काभ्रे बनेपा न.पा.–५ बस्ने बर्ष २३ को विकेश जोशी महानगरीय प्रहरी वृत्त ठिमीको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।
यसैगरी भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका वडा नं.–१७ मनहरा सागबारीस्थित आफ्नै खेतमा रहेको हेण्डपम्पबाट मोटर जोडी पानी तान्ने क्रममा अचानक करेण्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मध्यपुर ठिमी नगरपालिका वडा नं.–१७ मनहरा बस्ने बर्ष ६५ को दिल बहादुर तकु रहेका छन् । उनकी श्रीमती बर्ष ६१ की ज्ञानमाया तकु र उनको छोरा बर्ष ३० को चन्द्र कृष्ण तकु घाईते भई काठमाडौं शिक्षण अस्पताल सिनामंगल उपचार भइरेहको छ ।
यता विष सेवन गरेर एक युवतीले आत्महत्या गरेकी छिन् । काभ्रे वाल्टिङ –३ घर भई हाल भक्तपुर बोडे कृषी तालिम केन्द्र नजिकै बस्ने वर्ष २३ की तारा शाहले विष सेवन गरेर आत्महत्या गरेकी छिन् ।
उनले आफ्नै दिदीको घरमा तरकारी खेतीमा प्रयोग गरिने बिषादी सेवन गरेकी प्रहरीले जानकारी दिएको छ ।
विष सेवनपछि अशक्त भई उपचारको लागि नागरिक अस्पताल गठ्ठाघर लगिएकोमा ताराको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...