लोकमानले यसरी दुरुपयोग गरे प्रहरी


  • काठमाडौँ १० कात्तिक।

तलब बराबर नै थप भत्ता पाइने भए पनि प्रहरीका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको पोस्टिङ खासै रूचिकर स्थान होइन।

तर, जब लोकमानसिंह कार्की आयोग प्रमुखमा नियुक्त भए, अवस्था अर्कै भयो। प्रहरीमाझ अख्तियार जाने होड नै चल्न थाल्यो। निजामति पन्छिन थाले। यो खबर आजको कान्तिपुरबाट लिएका हौ।

कार्की २०७० वैशाख २५ गते प्रमुख आयुक्तका रुपमा छिरे। निजामतिको कार्यशैलीबारे जानकार उनी ‘प्रक्रिया खोज्नेभन्दा आदेश पालकको खोजीमा थिए। 

जतिखेर आदेश आयो उत्तिनै बेला खटिने, अपराध अनुसन्धान, व्यक्तिगत विवरण संकलन, सुरक्षित जासुसी शैली अपनाउन सिपालु र चेन अफ कमान्डको अनुसरण गर्ने प्रहरी जनशक्ति उनका लागि मुख्य सहयोगी भए ।

यस्तै एक प्रिय पात्र हुन् दानबहादुर थापा। कार्कीको व्यक्तिगत सुरक्षामा प्रहरी निरीक्षकको दर्जामा प्रहरी प्रधान कार्यालयबाट खटिएका उनी अहिले डिएसपी बनेका छन् ।

जिम्मेवारी कार्कीको सुरक्षा भए पनि दुई वर्षबीचमा उनी ‘कोर समूहका प्रभावशाली सदस्य’ भए। उनको हैसियत संगठनका एआईजी तहका अधिकारीलाई तर्साउन सक्नेसम्म पुग्यो।

निजी सचिवालयमा रहेका उनी संगठनभन्दा बढी कार्कीको बफदार भए। कसैलाई धम्क्याउन होस् वा फकाउन, उनी सहजै परिचालित भए। उनको यही शैलीले छोटो समयमै कार्कीका भित्रिया समूहका सदस्य भएका थिए।

निजी सचिवालयमा कार्यरत उनको अख्तियारका हरेक शाखामा सहजै पहुँचका कारण अनुसन्धानका गोप्य जानकारी समेत लुक्दैनथ्यो। अख्तियारमा आउने उजुरी र छानबिन अवस्थाको जानकारीका लागि प्रहरी संगठनको उपल्लो तहका कर्मचारी उनको भरमा थिए।

, ,

प्रतिकृया दिनुहोस्

Loading...