महाअभियोगले सत्ता परिवर्तन हुदैन् : एमाले नेता ज्ञवाली
कात्तिक,११ बनेपा ।
नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने विषय सत्ता परिवर्तनसँग कुनै सम्बन्ध नभएको बताएका छन् ।
काभ्रेपलाञ्चोकबाट प्रकाशित भएको ‘चेष्टा साप्ताहिक’को २३औँ वर्ष प्रवेशको अवसरमा आज बनेपामा आयोजना भएको वार्षिकोत्सवमा उनले महाअभियोगको विषयमा काँग्रेसले सही समयमा सही निर्णय गर्ने विश्वास व्यक्त गरे ।
हाउगुजी देखाएर विकास निर्माणको कामसमेत प्रभावित हुनाका साथै विकास बजेट फ्रिज भएको तर्क गर्दै एमाले नेता ज्ञवालीले लोकमानसिंह कार्कीले लोकतन्त्रलाई नै चुनौती दिन खोजेको आरोप लगाए ।
सचिव ज्ञवालीले संविधान कार्यान्वयनको विषय सङ्कटमा परेको उल्लेख गर्दै संविधान कार्यान्वयन हुन नदिन ठूलो षडयन्त्र भएको आशङ्का गरे । उनले भने – “०७४ साल माघभित्र हुने भनिएका कुनै चुनाव पनि नहुने स्थिति आए मुलुक भयानक अराजकतातर्फ धकेलिने छ ।”
सचिव ज्ञवालीले विकास निर्माण र समृद्धिलाई पत्रकारिताले प्राथमिकता दिनुपर्ने तर्क गर्दै साना लगानीमा सञ्चालन भएका मिडियामा अनेकौँ चुनौती भएको बताए ।
चेष्टा साप्ताहिकका प्रकाशक तथा सम्पादक अशोक व्याञ्जुको अध्यक्षतामा सो कार्यक्रम भएको थियो ।
प्रतिकृया दिनुहोस्
Loading...