डिआइजी भण्डारीलाई अनिलको जवाफ राजनीतिक दलालले हामीलाई अतिवादी देख्छ
काठमाडौं १० कात्तिक ।
नेकपा माओवादीका नेता अनिल शर्मा बिरहीले नेपाल प्रहरीका डिआइजी बमबहादुर भण्डारी राजीतिक दलालको संज्ञा दिएका छन् ।
नेपाल प्रहरीले आफ्नो पार्टीलाई अतिवादी समूहमा राखेको भन्दै बिरहीले यस्तो कडा टिप्पणी गरेका छन् ।
"जनताको लागी राजनीति गर्ने कुनै पनि पार्टीलाई प्रहरीले अतिबादीको सुचिमा राख्न पाइदैन" उनले भने सामान्ती प्रथा कायम रहेको राज्य ब्यबस्था परिबर्तन गर्न हिडेका राजनीतिक शक्तिहरु कसरी अतिबादी समूह भए उनले प्रश्न गर्दै भने के त्यसो हो भने तिमीहरु नालायक हौ।
पोलिटव्यूरो सदस्य अनिल विरहीले भने, ‘देशमा राजनितीक स्थिरता कायम रहेको देख्न नसक्नेहरुले जनताको हितमा काम गर्ने पार्टीहरुलाइ अतिवादीको विल्ला भिराउने गर्छन ।’
नेपाल प्रहरीको विशेष व्युरोका डिआइजी बमबहादुर भण्डारीले मंगलवार पत्रकार सम्मेलनमा सुरक्षा निकायले विप्लव माओवादीलाई अतिवादी समूह अन्तर्गत राखिएको वताएका थिए ।
प्रतिकृया दिनुहोस्
Loading...