२२ यात्री बोकेको ‘एमआई–८’ हेलिकोप्टर दुर्घटना, १९ को मृत्यु

मस्को, ६ कात्तिक ।

रुसको उत्तरपश्चिम क्षेत्रमा पर्ने साइबेरियामा हेलिकोप्टर दुर्घटना हुँदा कम्तीमा १९ जनाको मृत्यु छ ।

शुक्रबार राति २२ जना यात्री बोकेको ‘एमआई–८’ हेलिकोप्टर दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको उद्धारकर्ताले जनाएका छन् ।

दुर्घटनामा परेको हेलिकोप्टर साइबेरियाको क्रास्नोयार्सकबाट उरेङगेतर्फ जाँदै थियो । आपत्कालीन मन्त्रालयको क्षेत्रीय कार्यालयले दुर्घटनाको कारण स्पस्ट नभएको जनाएको छ ।

घटनामा परी घाइते भएका तीनजनालाई उद्धार गर्न उद्धारकर्ताहरु सफल भएको मन्त्रालयले जनाएको छ ।

उद्धारकर्ताहरुले चालकहरुको लापरबाही, यान्त्रिक समस्या वा अफ्ठ्यारो मौसमका कारण दुर्घटना भएको हुनसक्ने बताएका छन् ।

घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ । रासस/एएफी

, , , , ,

प्रतिकृया दिनुहोस्

Loading...